दफा ४२
सम्पत्तिको स्रोत माग गर्ने
(१) सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरको अनुसन्धान गर्दा अनुसन्धान अधिकारीले देहायको अवस्थामा आफूले सङ्कलन गरेको विवरण अनुसारको सम्पत्तिको स्रोत सम्बन्धित व्यक्तिसँग माग गर्न सक्नेछ.
(क) कसूरबाट प्राप्त सम्पत्ति वा साधन भएको सम्बद्ध कसूरमा मुद्दा चल्ने अवस्था देखिएमा,
(ख) ऐन बमोजिमको कसूरमा मुद्दा चल्ने अवस्था देखिएमा,
(ग) अनुसन्धानको सिलसिलामा अनुसन्धान अधिकारीले प्राप्त गरेको ८ विवरणबाट अनुसन्धानमा रहेको व्यक्तिको: सम्पत्ति वा जीवनस्तर निजको आयस्रोतको तुलनामा उल्लेख्य रूपमा अस्वाभाविक देखिएमा,
(घ) सम्पत्ति र राजस्व भुक्तानीमा तात्विक फरक देखिएमा ।
(२) उपनियम (१) बमोजिम सम्पत्तिको स्रोत माग गर्दा प्रचलित कानून बमोजिम समय समयमा प्राप्त छुटको छुट्टै हिसाब रहने गरी बाँकी सम्पत्तिको स्रोत माग गर्नु पर्नेछ।